दफा ६१
नक्कलको लागि निवेदन दिनु पर्ने
(१) मिसिल संलग्न कुनै लिखतको नक्कल लिन चाहने व्यक्तिले लिन चाहेको नक्कलको विवरण र मिति उल्लेख गरी अनुसूची-१९ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) छुट्टाछुट्टै मिसिलमा रहेको लिखतको नक्कलको लागि छुट्टाछुट्टै निवेदन दिनु पर्नेछ।
(३) लिखतको नक्कल सो मुद्दासँग सम्बन्धित पक्ष, मुद्दाको सरोकारवाला -वा सम्बन्धित कानून व्यवसायीले लिन सक्नेछ।
(४) नक्कलका लागि निवेदनपत्र दिने र नक्कल प्राप्त गर्ने समय अदालतले तोक्न सक्नेछ।
(५) प्रतिवादीको नाममा तामेल भएको म्याद भुक्तान हुनु अगावै मिसिल संलग्न कुनै लिखतको प्रतिलिपि लिन चाहेमा उपनियम (३) बमोजिम: सरोकारवालाले नक्कलका लागि निवेदन दिन सक्नेछ।